कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिशहोम च्यानलमार्फत प्रदर्शनमा आउने भएको छ। दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्।
चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा भन्दा पहिला आफ्नो टेलिभिजनमा हेर्न पाउने भएका हुन् ।
चलचित्रका निर्देशक शिभम अधिकारीले कोरोना भाइरसको कारण सिनेमाहल सञ्चालनमा आउन ढिलाइ हुने भएका कारण लकडाउनमा बसेका दर्शकहरुको मागलाई सम्बोधन गर्दै डिशहोम च्यानलमार्फत चलचित्र प्रदर्शन गराउन लागीएको बताए।
चलचित्रले यसअघि ट्रेलर सार्वजनिक गरेसँगै हेटौडामा विशेष शोमार्फत आएको रकमबाट स्व निर्मला पन्तको परिवारलाई ५० हजार सहयोग समेत गरीसकेको चलचित्रका निर्माता मणिराज गौतमले बताए। साथै चलचित्र प्रदर्शनबाट आएको रकमबाट दश प्रतिशत स्व. निर्मला पन्तको परिवारलाई प्रदान गरिने निर्माता गौतमले बताए।
चलचित्रमा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ। बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधी पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निदेशक अधिकारीले बताए। गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई सञ्चारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेका छन् ।
कार्यकारी सहनिर्माताको रूपमा रहेका छन्। चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ । अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसंगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको निर्माण टिमले बताएको छ।
Shares

प्रतिक्रिया