ad ad

कला


‘मान्छे’ लिएर आए पोखरेली गायक विनोद बानियाँ (भिडियो)

‘मान्छे’ लिएर आए पोखरेली गायक विनोद बानियाँ (भिडियो)

वाशुदेव मिश्र
बैशाख २३, २०७७ मंगलबार १०:०,

‘मोफसल’ भन्ने शब्द र प्रवृत्ति दुबैका कट्टर आलोचक हुन्, विनोद बानियाँ। उनी पोखरामा बस्छन्, यही सारेगमपधनिसा...गुन्गुनाउँछन्। त, के भो?

सिर्जनालाई भूगोलको कुनै परिधिले छेक्दैन भन्नेमा अडिग छन्। गीत संगीतलाई जीवनको अभिन्न हिस्सा बनाएका शब्दको भावलाई न्याय गर्ने समकालीन गायकमध्येका एक हुन्, विनोद बानियाँ।

त्यसैले त उनले कवि तीर्थ श्रेष्ठको ‘पार्वती’ लाई न्याय गरे। ‘हाँस्न सिक पार्वती...’ भन्दै उनले एक्लिएका र एकल महिलाको व्यथा बोले। साहुको छोरी कौसीमा... दिल बस्यो रौसीमाा जस्ता गीत गाएर रुमानी साँझमा रंगिनेहरुलाई कम्मर मर्काउने अवसर दिए। दाम्लो चुँडाएर चर्न जाने मायालुहरुको सम्झनामा ‘कस्तो मान्छेसँग रात बितायौ होला...’ भन्दै उत्सर्ग प्रेम देखाए।

त्यसो त खेलसँग जोडिएका धेरै गीतसँग पनि उनको गहिरो साइनो छ। पोखरा वा देशका अन्य रंगशालामा खेल भइरहँदा विनोद गुञ्जिन्छन्। र, उनीसँगै हजारौँ दर्शकहरु पनि खेल भावनामै डुब्न पुग्छन्। हसाउनु, नचाउनु र भावुक बनाउनु र गीतमै जीवन र जगतको कुरा गर्नु उनको अर्को विशेषता हो। हो, उनै विनोद कोभिड–१९ ले गाँजेको बेला केही दार्शनिक भएका छन्। मान्छेको स्वभाव चित्रित ‘मान्छे’ बोलको गीत आफ्नै युटुयुव च्यानलमार्फत मंगबार सार्वजनिक गरेका छन्।

रामकुमार बगरको सिर्जनाले मान्छेको यस्तो परिभाषा लगाउँछ–

यो मान्छे कति बेइमानी,
अरुको छाती कुल्ची हिँड्छ, दुख्छ भन्ने जानी जानी, यो मान्छे...

गीतमा विनोदले स्वर दिएका छन्। अभियन गरेका छन्। यो मान्छे बोलको यो गीतमा प्रख्यात रंगकर्मी प्रकाश घिमिरे र सागर शाह, अनिता पौडेलको पनि अभिनय देख्न पाइन्छ।

गीतमा बीबी अनुरागीको संगीत, तेजेन्द्र गुरुङको एरेञ्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ।
गीतको क्म्युजिक भिडियोको छायाँकन सन्तोष गुरुङे, सम्पादन सुप्रिम पराजुली र निर्देशक विभोर पोखरेलले गरेका छन्।

मुख्य कुरा त गीतलाई न्याय गर्ने क्रममा विनोद नै सफल देखिएका छन्। उनले गीतमार्फत मानवीय कुरुप स्वभावलाई बाहिर ल्याएका छन्। म्युजिक भिडियो छोटो फिल्मजस्तो लाग्नु पनि गीतको विशेषता नै हो।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .