अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रन्सिस्को बेएरियामा चर्चित नेपाली गायक स्वाप्निल शर्माको कन्सर्ट हुने भएको छ।
युवा माझ लोकप्रिय गायक एवं स्टेज पर्फमर शर्मा ब्याण्ड ‘स्वर’टोलीले जनवरी ९ प्रस्तुती दिनेछ। कार्यक्रम वर्कीस्थित कर्नरस्टोन हलमा हुने आयोजक दरवार इभेन्टका इभेन्ट कोअडिनेटर प्रमिश ढकालले जानकारी दिए।
नेपाली संगीतप्रेमीहरू र डायास्पोरामा बस्ने नेपाली समुदायलाई लक्षित गर्दै विभिन्न देशमा कन्सर्ट गर्दै आएको छ। शुक्रबार बेएरियामा हुने अगावै अमेरिकाको न्यूयोर्क, भर्जिनिया, ओहायोमा कार्यक्रम भइसकेका छन्।
यसअघिका कार्यक्रममा संगितप्रेमीको खचाखच उपस्थिति थियो। शर्मासँगै गौतम तण्डुकार, रोहित शाक्यालगायतका टोली छन्। ५० हजार भन्दा बढी नेपालीको बसोबास रहेको बेएरियामा कार्यक्रम अहिलेसम्मकै भव्य र उत्कृष्ट हुने विश्वास आयोजकको छ।
स्टेजमा अभिनयसहित गायन र बीचबीचका कथात्मक प्रस्तुतीले शर्मा दर्शकलाई मन्त्रमुग्ध पार्ने गर्छन । शर्माका स्याडोज बादली सरी उडी..., हिड्ने मान्छे लड्छलगायतका चर्चित गीत छन्।
स्वप्निलले आफ्नो लोकप्रिय रक, आधुनिक तथा भावनात्मक संगीतको साथसाथै केही नयाँ अनावरण गीतहरू पनि प्रस्तुति गर्ने तयारीमा रहेको आयोजकहरूले बताएका छन्।
कन्सर्टले नेपाली सांगीतिक संस्कृतिलाई अमेरिकामा प्रवद्र्धन गर्ने ठूलो मौकाको ढकालले दावी गरे। शर्माले आफ्ने सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सन्देश सार्वजनिक गर्दै यो क्षेत्रमा बस्ने नेपालीलाई कन्सर्टमा सहभागी हुन आग्रह गरेका छन्
उनले सान फ्रान्सिस्कोमा आफ्ने पहिलो ठूलो सोलो कन्सर्ट हुन लागेको भन्दै यसले कार्यक्रमले सांगीतिक आवाजलाई अन्तर्राष्ट्रिय मंचमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा टिकट ढाकाटोपी डटकमलगायतका अनलाइन प्लेटफर्मबाट भइरहेको छ।
Shares

प्रतिक्रिया