कला


फिल्म ‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक

फिल्म ‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक

नेपालखबर
पुस ८, २०८२ मंगलबार १९:१०, काठमाडौँ

आउँदो माघ ९ गते प्रदर्शनमा आउने फिल्म ‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक भएको छ। 

युवराज चौलागाई र अनु चौधरीको स्वरमा रहेको गीत अर्जुन पोखरेलले लेखका हुन्। यसमा पोखरेलले नै संगीत भरेका हुन्। गीतमा बेनिशा हमाल र नरेन खड्का फिचर्ड छन्। 

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’को कथाकार र निर्माता दिनेश कोइराला हुन्। फर्स्टलुक र टिजरबाट दर्शकको ध्यान तान्न सफल फिल्ममा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ। 

म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा-सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। शिव ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन्। 

सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको बितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad