फिल्म ‘अभिमन्यु :च्याप्टर १’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ। बिहीबारबाट प्रदर्शनरत यस फिल्मलाई समाजको ऐना भएको दर्शकहरूले प्रतिक्रिया दिइरहेका छन्।
तराई मधेसमा रहेको दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्था चलचित्रले देखाउनु सकारात्मक पक्ष भएको दर्शकको प्रतिक्रिया छ । दाइजो प्रथाले सिर्जना गरिरहेको भयावह अवस्थासँगै नेपाली समाज कथातर्फ अगाडि बढिरहेको त्यसलाई देखाउँदा चलचित्र दर्शनीय बनेको दर्शकले बताए।
‘चलचित्रको नायिका विस्तारै विस्तारै जसरी अगाडि बढेको देखाइएको छ, त्यो पछिल्लो समयको नेपाली समाज हो। महिला पनि अहिलेको समाजमा त्यो बाटोमा हिँड्न थालेका छन्। यसले हाम्रै समाजको र हामीले नै देखिरहेको कथा देखाउँदा रिलेट भएको महसुस भयो,’ चलचित्र हेर्न हलमा पुगेका दर्शकले भने।
चलचित्रले ‘मुटुमै हान्यो’ भन्दै आफ्ना साथीभाइ र आफन्तलाई पनि चाँडै ‘अभिमन्यु’ देखाउने दर्शकले बताए। ‘अभिमन्यु’ सबैलाई हेर्न पनि सिनेमा हेरेका दर्शकले आग्रह गरेका छन्।
पहिलो दिन दर्शकहरूको राम्रै साथ भएपनि व्यापारको तथ्यांक निर्माणटिमले सार्वजनिक गरेको छ। शुक्रबार साँझसम्म व्यापारको तथ्यांक आइपुग्ने वितरकले जनाए।
यस फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । किरण श्रेष्ठ, गौमाया गुरुङ, सरिता गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ। अतिथि भूमिकामा रेखा थापा पनि रहेकी छन् ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मको लाइन प्रोड्युसर जीवन शाक्य हुन्।
Shares

प्रतिक्रिया