कला


इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’को विशेष कर्पोरेट शोः चलचित्रमा गणित कसरी लागू हुन्छ?

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’को विशेष कर्पोरेट शोः चलचित्रमा गणित कसरी लागू हुन्छ?

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १७:५८, काठमाडौँ

दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ। यही सत्यलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यसहित इम्बार्क अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको छ।

अनम्याथले शिक्षक तथा अभिभावकसहित झण्डै दुईसय जनालाई काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा सामुहिक चलचित्र दृश्यावलोकनको अवसर जुराएको हो। 

गणितलाई पुस्तकका सूत्रहरूमा मात्र सीमित नराखी, जीवन र सिर्जनशील उद्योगहरूमा कसरी प्रयोग हुन्छ भन्नेबारे जागरूकता फैलाउँदै आएको इम्बार्क अनम्याथले यसपटक नेपाली चलचित्र ‘परान’ मार्फत गणितीय सोचको वास्तविक उपयोगलाई झनै प्रस्ट पारेको छ।

हालै देश–विदेशमा चर्चा बटुलेको चलचित्र परान ले कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकको मन गहिरोसँग छोएको छ। फिल्मको सफल प्रदर्शनले सिर्जना, कथानक निर्माण, सिनेमाटोग्राफी, समय व्यवस्थापनदेखि दर्शकको मनोविज्ञान बुझ्नसम्म गणितीय अवधारणाहरू प्रयोग हुने रहेछन् भन्ने बुझाउन पनि अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको आयोजकले बताए।

चलचित्र ‘परान’ को कर्पोरेट शो अवलोकनपछि इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भनेः “गणितले नछुने कुनै ठाउँ हुँदैन। चलचित्र निर्माणमै पनि ढाँचागत सोच, व्यवस्था, सम्भाव्यता, गति, अनुपात, कथा–रचना र दर्शक व्यवहार विश्लेषण जस्ता तत्वहरू गहिरोसँग गणितसँग जोडिएका हुन्छन्। परान हेर्दा यी तत्वहरूको उल्लेखनीय उपयोग देखिन्छ, जसले फिल्मलाई अझ प्रभावकारी बनाएको छ।”

उनका अनुसार, इम्बार्क अनम्याथले गणितलाई डर होइन, जीवनसँग जोडिएको उपयोगी कौशलको रूपमा बुझाउने कार्य निरन्तर गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad