भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले बिहे गरेकी छिन्। उनी चर्चित निर्देशक तथा निर्माता राज निदिमोरुसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्।
भारतीय समाचार माध्यमअनुसार यो जोडीले सोमबार बिहान एक मन्दिरमा बिहे गरेका हुन्। निकै गोप्य राखिएको उक्त विवाह समारोहमा दुवै पक्षका गरी जम्मा ३० जना पाहुनाहरूको मात्र उपस्थिति रहेको बताइएको छ। यसैबीच, उनीहरुको बिहेको तस्बिरहरू सार्वजनिक भएका छन्।
सार्वजनिक तस्बिरमा दुवै परम्परागत पोसाकमा देखिएका छन्। रातो सारीमा सामन्था निकै खुलेकी छिन्।
लामो समयदेखि यी दुवैको प्रेमसम्बन्धलाई लिएर विभिन्न हल्लाहरू चल्दै आएको थियो। सामन्था र राजको व्यावसायिक सहकार्य ‘द फेमिली म्यान २’बाट सुरू भएको थियो। अमेजन प्राइमको यो सुपरहिट सिरिजका राज लेखक तथा निर्देशक हुन्। यसको दोस्रो सिजनमा सामन्थाले मुख्य भूमिकामा देखिएकी थिइन्।
दुैको यो दोस्रो बिहे हो। राजले श्यामली डेलेसँग बिहे गरेका थिए भने सामन्थाको पनि अभिनेता नागा चैतन्यसँग विवाह भएको थियो। बिहेको चार वर्षपछि उनीहरूले डिभोर्स गरेका थिए। नागा चैतन्यले केही समयअघि मात्र अभिनेत्री शोभिता धुलिपालासाग विवाह गरिसकेका छन्।
Shares

प्रतिक्रिया