कला


अस्ट्रेलियामा पनि ‘परान’को उत्साहजनक ब्यापार

अस्ट्रेलियामा पनि ‘परान’को उत्साहजनक ब्यापार

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १४:४, काठमाडौँ

फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई विदेशमा पनि राम्रो व्यापार गरेको छ। फिल्मले अस्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको हो।

अस्ट्रेलियामा रहेका नेपाली दर्शकले ‘परान’प्रति देखाएको चासो प्रशंसनीय रहेको वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका देवराज कार्कीले बताए। नमस्ते इन्टरटेन्मेन्टले ‘परान’लाई अस्ट्रेलिया र न्यूजिल्यान्डमा प्रदर्शन गर्ने अधिकार पाएको छ।

कार्कीका अनुसार ‘परान’ले अस्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार अस्ट्रेलियन डलर कमाइ गरिसकेको छ। साथै ३० भन्दा बढी शोसहित अस्ट्रेलियामा प्रदर्शन भइरहेको छ।

फिल्मका निर्माता रन्जित आचार्यका अनुसार अस्ट्रेलियाको पहिलो चार दिनको बक्स अफिसको कलेक्सनका आधारमा ‘परान’ छैठौं स्थानमा रहेको छ। अस्ट्रेलियामा ‘परान’ बलिउड र हलिउड फिल्महरूसँगै प्रदर्शन भइरहेको छ। यो साता पार गर्दैगर्दा एक लाख अस्ट्रेलियन डलरको आम्दानी पार गर्ने आंकलन गरिएको छ ।

नेपालको बक्स अफिसमा फिल्मको कमाइ चौथो सातासम्म बढिरहेको छ। गत शनिबारसम्म १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कमाएको छ। फिल्मले चौथो शनिबार पनि एक करोडभन्दा माथिको व्यापार गर्न सफल भएको थियो।

फिल्म कार्तिक १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो। प्रदर्शनअघि फिल्मलाई उच्च व्यापार गर्न सक्ने फिल्मका रूपमा हेरिएको थिएन।

दीपकप्रसाद आचार्य निर्देशित यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अन्जना बराइली, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। फिल्ममा रन्जित आचार्य र शेखर गोल्छाको लगानी छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad