कला


सकियो ‘परालको आगो’को छायांकन’, बैशाख ११ गते रिलिज डेट

सकियो ‘परालको आगो’को छायांकन’, बैशाख ११ गते रिलिज डेट

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १२:१, काठमाडौँ

फिल्म ‘परालको आगो’को छायांकन सकिएको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन  ४० दिनमा मंगलबार सकिएको हो।

फिल्मको सुटिङ सकेसँगै निर्माण टिमले तीन फरक फरक लुक्सका तस्बिर र रिलिज डेट समेत सार्वजनिक गरेको छ। यो फिल्म आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले बताए। 

उनले भने, ‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु। अरु फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु।’ उनले साथी भाईको फिल्मलाई सम्मान गर्दै आफ्नो डेटमा अरुले फिल्म नजुधाई दिन समेत आग्रह गरे।

उनले फिल्मको चार वटा गीतसहित सम्पूर्ण छायांकन पूूरा भएको र रिलिज डेट समेत तोकेको बताए। उनले जेनजी आन्दोलन चलिरहेको बेलामा यो फिल्मको छायांकनमा अवरोध भएता पनि टेक्निसियन तथा निर्देशकको खटाईले काम चाँडो सकिएको बताए। 

उनका अनुसार यो फिल्मको छायांकन सेड्युल ३० दिनको थियो। तर फिल्मका कलाकार,टेक्निसियन लगायतको अहोरात्र खट्दा पनि जेनजी आन्दोलन,वर्षा र पहिरोको कारण सेड्युल भन्दा १० दिन ढिला छायांकन सकिएको निर्माता पोखरेलले जानकारी दिए। 

गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल,प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपानेका साथै बालकलाकार एन्जिला बाँनियाको अभिनय छ।

सुशील देवकोटाको लेखन रहेको यो फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका छन्। यस फिल्ममा गीत सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेखेका छन्। त्यसै गरि संगीतकारकमा शान्ति ठटाल, सत्य स्वरूप र अभिनेता प्रकाश सपुतकै रहने निर्माण पक्षले जानकारी दिएको छ। 

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ बनाइएको हो भने यो नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए । जुन फिल्म अत्याधिक सफल पनि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad