कला


गायक बाबुल गिरी ३ लाख धरौटीमा रिहा

गायक बाबुल गिरी ३ लाख धरौटीमा रिहा

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १३:२८, काठमाडौँ

गायक बाबुल गिरी ३ लाख धरौटी रकम बुझाएर रिहा भएका छन्। गायिका नितु पौडेलको आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका गायक तथा संगितकार गिरीलाई काठमाडौँ जिल्ला अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो। अदालतको आदेशअनुसार ३ लाख बुझाएपछि उनी रिहा भएको प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।  

उनको निधनपछि परिवारले गिरीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। नितुका बाबु रमेशप्रसादले छोरीको हत्या भएको दाबी गर्दै गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए।  

अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad