कृशन फिल्म्सको ब्यानरमा निर्माण फिल्म ‘लोकन्ती’ प्रदर्शन मिति तोकिएको छ। फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दैं यही मंसीर २६ गतेलाई रिलिज मिति घोषणा गरिएको हो।
परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन्।यस फिल्ममा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन्।
एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको मुख्य भूमिका रहेको छ। साथै विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात लगायत कलाकारहरूको अभिनय छ।
काभ्रे जिल्लामा छायांकन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने प्रयास गरिएको छ।
चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन्।
नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया