कला


पारिवारिक कथावस्तुमा बनेको फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक

पारिवारिक कथावस्तुमा बनेको फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १६:४८, काठमाडौँ

एकता पौडेलको डेव्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा आयोजित कार्यक्रमबीच पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

 प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ। एक परिवारमा छोराको विवाहपछि आउँने उतार चढावको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको  छ। यो फिल्म आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउनेछ। 

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पौडेलले नेपाली फिल्ममा पारिवारिक सिनेमाको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको बताइन्। उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।

न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् । 

यस फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउतसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ। 

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता हिक्मत चोखाल हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad