अनिल बुढा मगरको निर्देशनमा बन्ने फिल्म ‘मितज्यु’अरुण पुन मगर अनुबन्धित भएका छन्। यसअघि ‘खुश्मा’ मा अभिनय गरेका उनी यस फिल्ममा देखिने पक्का भएको हो।
यसअघि फिल्ममा सौगात मल्ल,दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अरुणको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्माण पक्षको भनाइ छ।
यस फिल्मको कथा महेश राई लेखेका हुन् भने निर्माता जनक घर्ती मगर हुन्। यसअघि उनले ‘घरज्वाइँ’ जस्तो हिट फिल्म निर्माण गरेका थिए।
निर्देशक अनिल र जनकको यो दोस्रो सहकार्य हो। फिल्मको सिनेमाटोग्राफीमा शिशिर बिशङ्खे रहनेछन् भने ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा यो फिल्म निर्माण हुँदैछ।
मंसिरको दोस्रो हप्ताबाट रोल्पा लगायत स्थानबाट छायांकन गरिने निर्माण पक्षको भनाइ छ। आर आर फिल्म्स बितरण गर्ने फिल्मको निर्माण व्यवस्थापक धनबहादुर राई हुन्। यो फिल्म आगामी चैत २७ गतेबाट प्रदर्शन हुनेछ।

प्रतिक्रिया