साङ्गीतिक रियालिटी सो ‘नेपाल आइडल सिजन ६’ की विजेता गंगा सोनामको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। आइडल विजेता बनेसँगै गंगाको स्वरमा ‘गुनासो’ बोलको गीत सार्वजनिक भएको छ।
शुक्रबार सार्वजनिक यो आइडल विजेता बनेपछिको गंगाको पहिलो गीत हो। प्रदीप चापागाईँको शब्द, लेखु सहयात्रीको कम्पोज रहेको गीत विषम आचार्यले एरेन्ज तथा मिक्सिङ गरेका हुन्।
गीतको भिडिओमा अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईको अभिनय देख्न सकिन्छ। प्रेम विरहको यो गीतको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका छन्।
उत्सव दाहालको डिओपी रहेको भिडिओलाई विकास धमलाले सम्पादन गरेका छन्।
861
Shares

प्रतिक्रिया