कला


‘जेरी अन टप’ को टिजर सार्वजनिक

‘जेरी अन टप’ को टिजर सार्वजनिक

नेपालखबर
भदौ ९, २०८२ सोमबार १९:४८, काठमाडौँ

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक १ मिनेट ५२ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तुलाई खुलाउने प्रयास गरेको देखिन्छ। 

सुयोग गुरुङ निर्देशित यो फिल्मको कथावस्तु विश्वकै सर्वोच्च शिखर  सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा केन्द्रित छ। सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्म ‘जेरी अन टप’को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानिमा साझेदारी गरेका छन्। हेमराज बिसीको कथा रहेको फिल्मको पटकथा विस्वास तिम्सिना ले लेखेका हुन्।

फिल्मको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का हुन्। हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन्। 

अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा बनेको यस फिल्ममा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा,विपना थापा, केदार घिमिरे ‘माग्ने बूढा’, सुरक्षा पन्त, भुवन केसी, निर्मल शर्मा लगायतको अभिनय छ। यो फिल्म तिहारको अवसरमा असोज ३१ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad