कला


प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न मिल्ने

प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न मिल्ने

नेपालखबर
साउन २७, २०८२ मंगलबार १२:४३, काठमाडौँ

प्रदीप शाही निर्देशित नेपाली फिल्म ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा औसत व्यापार गरेको यो फिल्मले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो। जुन फिल्म अमेजन प्राइममा स्ट्रिमिङ भएको हो। 

यस फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, बिकाश अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल र धर्मानन्द आचार्य लगायत कलाकारको अभिनय  छ।

शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५: लेजेन्ड अफ गोर्खाज’ पनि यसअघि नै अमेजन प्राइममा उपलब्ध छ। हाल उनी निर्देशित तेस्रो फिल्म ‘एक्लो’ सम्पादनको अन्तिम चरणमा छ।

साइ प्रोडक्सन नेपालको ब्यानर र ह्याम्साएर एकाउन्टेन्टको सहकार्यमा बनेको यस फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

विनोद सुवेदी क्षितिज निर्माता रहेको यस फिल्मको कथावस्तु सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित छ भने यसमा ‘मर्डर मिस्ट्रि’को रोचक पाटो पनि समावेश गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad