एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले उक्त आग्रह गरेको हो।
ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन्।
साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ।
39
Shares

प्रतिक्रिया