फिल्म ‘अभिमन्यु : च्याप्टर-१’को ‘माली’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। विषम आचार्यको संगीत संयोजन रहेको छ।
प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएका थिए।
रक्षाबन्धनलाई मध्यनजर गरेर गीत ल्याइएको निर्माणपक्षले जनाएको छ। गीत सार्वजनिक गर्दै निर्माणपक्षले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ।
हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिए।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर-१’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।
66
Shares

प्रतिक्रिया