कला


लभस्टोरी फिल्म ‘सैयारा’ले कति कमायो अहिलेसम्म?

लभस्टोरी फिल्म ‘सैयारा’ले कति कमायो अहिलेसम्म?

नेपालखबर
साउन १८, २०८२ आइतबार १४:३८, काठमाडौँ

अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म ‘सैयारा’ तेस्रो सातामा प्रदर्शनरत छ। पहिलो साता भारतभर १ सय ७२ करोड ७५ लाख भारतीय रुपैयाँ व्यापार गरेको फिल्मले दोस्रो साता १ सय ७ करोड कमाएको छ। 

प्रदर्शनको १७ औँ दिनसम्म पुग्दा यस फिल्मको भारतभरको कमाइ ३ सय करोड नजिक पुगेको छ। भारतमा १७ औँ दिनसम्म २ सय करोड ९३ करोड भारतीय रुपैयाँ नेट कमाइ गरेको हो।

४५ करोड बजेटमा निर्माण भएको यो फिल्म नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म हो। यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन्। अहान र अनीतको अभिनयको पनि निकै तारिफ भइरहेको छ।

प्रेमकथा फिल्मबाट चर्चामा आएका सुरीका ‘एक भिलेन रिटर्न,’ ‘आशिकी २’, ‘आवारापन’ र ‘एक भिलेन’ हिट फिल्म हुन्। सामाजिक सञ्जालमा राम्रो फलोइङ भएका अहानको यो डेब्यु फिल्म हो। अनितले काजोलसँग वेब सिरिज ‘बिग गल्र्स डोन्ट क्राइ’ र फिल्म ‘सलमा भेन्की’ मा देखिसकेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad