कला


समीक्षा र एलिनासँगको सहकार्यमा तीज गीत ‘नाइँ भनेसि नाइँ’ ल्याउँदै प्रकाश सपुत

समीक्षा र एलिनासँगको सहकार्यमा तीज गीत ‘नाइँ भनेसि नाइँ’  ल्याउँदै प्रकाश सपुत

नेपालखबर
साउन ४, २०८२ आइतबार १२:११, काठमाडौँ

चर्चित गायक तथा अभिनेता प्रकाश सपुतले नयाँ तीज गीत ल्याउने भएका छन्। दुई चर्चित गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानसँगको सहकार्यमा उनले ‘नाइँ भनेसि नाइँ’ गीत सार्वजनिक गर्न लागेका हुन्।

सपुतले फेसबुकमार्फत तीजको अवसरमा नयाँ गीत ल्याउन थालेको घोषणा गरेका हुन्। छायांकन सकिएको सो गीत केही दिनमै सार्वजनिक गर्ने तयारी छ।

एक बिम्बात्मक पोस्टर सार्वजनिक गर्दै उक्त गीतमार्फत एउटा आवाज लिएर आउन लागेको प्रकाशले उल्लेख गरेका छन्। यो गीत ‘बदला बरिलै’ को भाग २ हुनेछ।

प्रकाशले ४ वर्षअघि ‘बदला बरिलै’ सार्वजनिक गरेका थिए। जुन गीतलाई दर्शकस्रोताले निकै मन पराएका थिए। बलात्कारविरुद्धको कथा बोक्ने गीतमा देवि घर्तीको स्वर थियो। ‘बदला बरिलै २’ मा पनि प्रकाशले महिला हिंसाविरुद्धको कथा उठान गरेको अनुमान लगाउन सकिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad