फिल्म ‘कल्ली’ नेपालीसहित भारत र पाकिस्तानमा एकसाथ प्रदर्शन हुने भएको छ। फिल्मका निर्माता किरण नेपालीका अनुसार यो फिल्म नेपाल, भारत र पाकिस्तानमा आगामी फागुनको १ गतेबाट एकसाथ रिलिज हुनेछ।
नेपालमा नेपाली भाषामा रिलिज हुने फिल्म भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिनेछ।
फिल्मलाई भारतमा एम।के फिल्म डिस्ट्रिब्यूटर, पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन्। नेपालमा भने फिल्मको वितरण काफिया र कुबेर फिल्मस्ले गर्नेछन्। फागुनको १ गतेबाट नेपालमा भने फिल्मको हिन्दी भर्सन रिलिज हुने छैन।
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको हाल धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको छ। लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा महेश दवाडीको लेखन छ।
फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारहरुको अभिनय छ।
यो फिल्मले लोभको कथा भन्छ। लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ।
Shares

प्रतिक्रिया