नेपाली गायक एकदेव लिम्बुको चर्चित गीत ‘झिमझिमाउने आँखा’ हिन्दी भाषामा आउने भएको छ। गायक लिम्बुले यस गीतको हिन्दी भर्सन ‘झिम झिम’ आउने लागेको जानकारी दिएका हुन्।
हिन्दी भर्सनमा लिम्बुले चर्चित भारतीय गायिका नेहा कक्करसँग सहकार्य गर्नेछन्। हिन्दी गीतको कम्पोज रजत नागपालले गरेका छन्।
गीतको भिडिओ प्लेडीएम अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ। गीतको हिन्दी संस्करण जुन २७ मा रिलिज हुनेछ।
यो क्षण करिअरको सबैभन्दा ठूलो कोशेढुंगा रहेको एकदेवले फेसबुकमा उल्लेख गरेका छन्। ‘झिमझिमाउने आँखा’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको थियो।
285
Shares

प्रतिक्रिया