साउन २३ गतेबाट रिलिज हुने फिल्म ‘मोहर’ को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ। काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको रोमान्टिक गीतमा शरद हुमागाँई र विशाखा शाहीको स्वर सुन्न सकिन्छ।
प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ। सार्वजनिक गीतको भिडिओमा पल शाह र नीति शाह फिचर्ड छन्। गीतको भिडिओमा पल र नीतिको प्रेम भाव छल्किएको छ।
चुम्बन जंग शाही फिल्मका निर्माता हुन्। ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई फिल्म मेकर्स प्रा।लिको व्यानरमा निर्माण गरिएको हो। फिल्ममा पल र नीतिसहित अर्जुन जंग शाही, बेनिशा हमाल, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा दिपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ। यो गीतलाई भने रामजीले कोरियोग्राफी गरेका हुन्।
रिच इन्टरटेन्मेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेन्मेन्टले यो फिल्मको वितरण गर्नेछन्। समिर मियाको भीएफएक्स रहेको फिल्ममा सत्यम रानाको सीजीआई, लक्ष्मण राज पौडेलको प्रोडक्सन डिजाइन छ। रोशन जंग शाही फिल्मका लाइन प्रोड्यूसर हुन्।
अभिनेत्री नीति शाहले पनि गीतको छायांकनका क्रममा सबैको मिहिनेत परेको भन्दै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको सुनाइन्।
Shares

प्रतिक्रिया