कला


सुनीताले इन्स्टाग्रामबाट किन हटाइन् श्रीमान् गोविन्दाको थर?

सुनीताले इन्स्टाग्रामबाट किन हटाइन् श्रीमान् गोविन्दाको थर?

नेपालखबर
असार ३, २०८२ मंगलबार १४:२८, काठमाडौँ

हालै बलिउड अभिनेता गोविन्दा र सुनीता आहुजाबीच सम्बन्ध विच्छेद हुन लागेको खबर भाइरल भयो।

तथापि दुवैले यो कुरा गलत भएको र आफूहरूबीच सम्बन्ध सुमधुर रहेको दाबी गरेपछि त्यो हल्ला सेलाएको थियो।

तर सुनीताले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट एकाएक श्रीमान्‌को थर हटाएपछि फेरि उनीहरूको सम्बन्ध बिग्रिएको चर्चा सुरु भएको छ। र, सुनीतालाई सोध्न थालिएको छ- तपाईंले आफ्नो थर किन हटाउनुभयो?

जवाफमा सुनीताले भनेकी छन्, ‘मैले मेरो थर आहुजा हटाएको छु। र, मेरो नाममा अतिरिक्त एस थपेको छु। तर मैले यो परिवर्तन स्नायु विज्ञानका कारणले गरेको हुँ। मलाई नाम र प्रसिद्धि चाहिन्छ र त्यो कसलाई चाहिँदैन र?’

यसपछि सुनीतालाई अर्को प्रश्न गरियो, यसले फाइदा पुर्‍यायो त?’

उनले भनेकी छन् ‘हो, पक्कै पनि! म पछिल्ला केही महिनादेखि कति भाइरल छु। म इन्टरनेटमा छु।’

अनि उनले यो पनि भनेकी छन्, ‘म आहुजा हुँ र यो कहिल्यै परिवर्तन हुन सक्दैन। यो थर म यो संसार छाडेपछि मात्र हटाइनेछ।’

सम्बन्ध-विच्छेदको खबरलाई सुनीताले अस्विकार गरिन्। अनि आफ्नो सुखी परिवार भएको जिकिर गर्दै बेकारका कुरामा विश्वास नगर्न आग्रह पनि गरिन्।

केही दिनअघि सुनीताले गोविन्दाको करिअर खस्किँदो ग्राफबारे पनि बोलेकी थिइन्।

‘गोविन्दा १७ वर्षदेखि किन देखिँदैनन्? समस्या उनको खराब घेरा हो। उनी गलत घेरामा छन्। म आज उनीसँग लडिरहेकी छु। किनभने म झुट बोल्न सक्दिनँ र न त मूर्खतापूर्ण कुरा भन्न सक्दिनँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad