कला


सुपुष्पाले साइन गरिन् ‘राम नाम सत्य’

सुपुष्पाले साइन गरिन् ‘राम नाम सत्य’

नेपालखबर
जेठ २८, २०८२ बुधबार १५:२६, काठमाडौँ

माइकल चन्दको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्ट फाइनल भएकी छन्। सुपुष्पासँग आज फिल्मको टिमले कागजी सम्झौता गरेको हो। सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित गरिएको निर्माणपक्षले बताएको छ।

सुपुष्पाको पछिल्लो रिलिज फिल्म ‘फेरि रेशम फिलिली’ हो। यो फिल्ममा सुपुष्पाको कामको निकै तारिफ भएको थियो।

सुपुष्पाले आफ्नो भूमिका चित्तबुझ्दो रहेपछि फिल्म साइन गरेको बताइन्। यो फिल्ममा यसअघि नायिका दिव्या रायमाझी पनि अनुबन्धित भइसकेकी छन्।

सुपुष्पा साइन गरेपछि निर्देशक चन्दले भने,‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो। उहाँको अभिनय पनि अब्बल छ। कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुबन्धित गरेका हौँ।’

फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसकेका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ। फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन्।

फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ। एक्सन, लभ र सस्पेन्स कथामा यो फिल्म निर्माण हुनेछ।

फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षको भनाई छ। फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन। अब, केही कलाकार फाइनल गरेपछि लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad