घिमिरे युवराज निर्देशित नाटक ‘लस्ट एन्ड फाउन्ड’ टिम युरोप टुरमा निस्किने भएको छ। ८ जुलाईदेखि १५ अगस्टसम्म हुने टुरअन्तर्गत शिल्पी नाटकघरले युरोपका विभिन्न सहरमा नाटक देखाउँनेछ।
यो नाटक जर्मनीको फ्यांकफर्टमा आयोजना हुने प्रोटागोन इन्टरन्यासनल पर्फमिङ आर्ट्समा छनोट भएको छ। नाटक उक्त फेस्टिभलमा मञ्चन हुने निर्देशक घिमिरे युवराजले जनाए।
जर्मनीका ५ सहरसहित डेनमार्कका २ र स्विडेनका २ सहरमा नाटक प्रस्तुति दिनेछ। एकमहिनाबढी चल्ने टुरमा ४ वर्कसप र ९ प्रस्तुति हुने बताइएको छ।
हाल यो नाटक बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। दर्शकहरुको अत्यधिक माग भएपछि एकसाताको लागि मञ्चन अवधी पनि थप गरिएको छ।
यस नाटकले यशोधरा र सिद्धार्थबिचको अन्तद्र्वन्द्व, अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रति राज्यले गर्ने विभेदलाई उठान गरेको छ। युवराजकै लेखन रहेको नाटकमा पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको अभिनय छ।
Shares

प्रतिक्रिया