कान्स फिल्म फेस्टिभल- २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी भएको छ। ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गरेको हो।
कान्स फिल्म फेस्टिभल २०२५ को अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही सहभागी भए। साथै कान्स मार्केटमा ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट पनि सहभागी थिए। फिल्मकी कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रुपमा सहभागी भएका छन्।
स्टलमा नेपालको झण्डा समेत राखिएको थियो। निर्देशक प्रदीप शाही स्वयम प्रोड्युर्स नेटवर्कमा सहभागी छन्। ‘हामीले यसवर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौँ,’ निर्देशक शाहीले भने।
‘साइन्स फिक्सन’ सिनेमा ‘एक्लो‘ मा प्रदीपसहित बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली, त्रीचु राई, कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ।
फिल्म ‘एक्लो’ का निर्माता राज कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्। कृष्ण पौडेल प्रोडक्सन डिजाइनर रहेको सिनेमाको छिट्टै नेपाल र विदेश प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया