कला


बनेपामा बन्ने फिल्म स्टुडियो प्रधानमन्त्री ओलीले गरे बालुवाटरमा शुभारम्भ

बनेपामा बन्ने फिल्म स्टुडियो प्रधानमन्त्री ओलीले गरे बालुवाटरमा शुभारम्भ

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १६:४०, काठमाडौँ

सरकारले बनेपामा निर्माण गर्न लागेको फिल्म स्टुडियोको निर्माण शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका आयोजित एक कार्यक्रमबीच ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्।  

कार्यक्रममा प्रधानमन्त्री ओलीले फिल्म स्टुडियोले नेपाली फिल्म क्षेत्रमा नयाँ मोडमा पुर्‍याउने र स्टुडियो गुणात्मक हिसाबले तयार हुने बनाइएको बताएका हुन्। स्टुडियोको लागत ३९ करोड रुपैयाँ छ। तर अहिले १० करोडको बजेटमा निर्माण थालनी गरिएको हो। 

‘फिल्म सुटिङमा आफ्नै इन्डोर स्टुडियोका लागि ६० वर्ष किन पर्खनुपर्‍यो? म पहिलेदेखि सरकारमा भएको हिसाबले स्टुडियो निर्माणमा ढिलो भएकोमा आफ्नो कमजोरी महसुस गर्छु’ उनले भने, 'सिनेजगतले दोलखामा फिल्म सिटी बनाउने भनेर लागि रहेको छ। हप्तामा दुई दिन घाम लागे धन्यवाद, दिउँसै पनि बत्ती नबाली फिल्म खिच्न पाइयो भने खुसी।’ 

उनले गोरखाको पालुङ्टारलाई फिल्मसिटी बनाउन उपयुक्त हुन्छ भनेर सुझाव दिएको पनि दाबी गरे। कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, चलचित्रकर्मी लगायतको उपस्थिति रहेको थियो। सरकारले निर्माण गर्न लागेको यो नेपालको पहिलो अत्याधुनिक सुटिङ स्टुडियो हो । स्टुडियोका नाम ‘सिनेपाः’ राखिएको छ। ‘सिनेमा’ र नेवार समुदायले ‘नेपाल’लाई बोलाउने शब्दबाट मिलाएर स्टुडियोको नामाकरण गरिएको हो। 

सन् २०२६सम्म निर्माण सम्पन्न हुने लक्ष्यको साथ बनेपा नगरपालिकाको वडा नम्बर १० र ११ मा बन्न लागेको स्टुडियो दसैँपछि निर्माता निर्देशकले फिल्म खिच्न पाउने बोर्ड अध्यक्ष दिनेश डिसीको दाबी छ। 

२०८१ सालको असार २८ गतेको मन्त्रिपरिषद् बैठकले अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माणका लागि बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad