कला


ममता कुलकर्णी विवाहित निर्देशकसँग रंगेहात समातिएको त्यो घटना

ममता कुलकर्णी विवाहित निर्देशकसँग रंगेहात समातिएको त्यो घटना

फाइल तस्बिर: ममता कुलकर्णी


नेपालखबर
चैत २१, २०८१ बिहिबार २१:२४, काठमाडौँ

९० को दशकमा आफ्नो सुन्दरता र अद्‌भूत अभिनयले सबैलाई दिवाना बनाउने दिग्गज अभिनेत्री हुन्- ममता कुलकर्णी। ममताले सलमान खान र गोविन्दाजस्ता धेरै जना सुपरस्टारसँग हिट फिल्म खेलेकी छन्।

तर उनी अभिनयका साथै आफ्नो व्यक्तिगत जीवन र विभिन्न विवादका कारण पनि चर्चामा आइन्। 

ती घटनामध्ये एउटा यहाँ प्रस्तुत गरिँदै छ। 

९० को दशकमा एक सफल अभिनेत्रीका रूपमा ममता कुलकर्णी चर्चित थिइन्। हरेक फिल्म निर्माताले उनलाई आफ्नो फिल्ममा राख्न चाहन्थे।

यसैबीच १९९७ मा ममता कुलकर्णी एक विवाहित निर्देशकसँग सम्बन्ध रहेको खबर फैलियो। ठूलो ब्रेकिङ न्युज बन्यो।

निर्देशककी श्रीमतीले आफ्ना पतिलाई ममता कुलकर्णीसँग होटलमा रंगेहात समातेको खबर आएको थियो।

ती निर्देशक अरू कोही नभएर टिनु वर्मा हुन्। 

हालै फिल्मी मन्त्रसँगको कुराकानीमा निर्देशक टिनुले यस विषयमा आफ्नो मौनता तोड्दै होटलमा पक्राउ परेको खबर केवल अफवाह भनेका छन्। 

उनले भनेका छन्, ‘यो सबै झुट हो र यस्ता कुरा भइरहन्छन्, यसमा कुनै सत्यता छैन। यो त तीललाई पहाड बनाउने प्रयास मात्र हो। ममता र म असल साथी मात्र थियौँ। त्यतिबेला म, ममता र कार्यक्रमकी सहायक होटलमा थियौँ। हामी सबै कार्यक्रमबारे कुरा गरिरहेका थियौँ, वीणा आइन् र भनिन्- तपाईं घर जान चाहनुहुन्न, रात परिसक्यो। अनि मैले उनलाई केही समय पर्खन भनेँ र उनी त्यहीँ बसिन्। यदि म रंगेहात पक्राउ परेको भए उनी आज यति धेरै वर्षपछिसम्म मसँगै हुन्थिन् त?’

फाइल तस्बिर: टिनु वर्मा र ममता कुलकर्णी

टिनु वर्माले अमिताभ बच्चनको खुदा गवाह, गोविन्दाको शोला और शबनम र सनी देओलको माँ तुझे सलाम निर्देशन गरेका थिए। साथै उनलाई ई आमिर खानको कल्ट फिल्म मेलामा खलनायक गुर्जरको भूमिका निर्वाह गरेकामा पनि दर्शकले सम्झिन्छन्। जागरणबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad