खेल


काठमाडौँ र झापाले अंक बाँडे

काठमाडौँ र झापाले अंक बाँडे

नेपालखबर
चैत २१, २०८१ बिहिबार २१:३०, काठमाडौँ

काठमाडौँ रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको लगातार दुई खेलमा बराबरीको नतिजा सामना गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा काठमाडौं र झापाले गोलरहित खेलेका हुन्। दुवै टिम पहिलो जित निकाल्ने लक्ष्यमा थिए। पहिलो खेलमा काठमाडौं ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो।

झापाले पनि बुटवल लुम्बिनीसँग गोलरहित बराबरी खेलेको थियो। त्यसैले दुवै टोली तीन अंक ल्याउने लक्ष्यसहित बिहीवार मैदान उत्रिएका थिए। तर सफल हुन सकेन। 

पहिलो हाफमा काठमाडौंले र दोस्रो हाफमा भने झापा आक्रमणमा हाबी भएको थियो। खेलको पाँचौं मिनेटमा काठमाडौंको अग्रता लिने प्रयासमा माथिल्लो बारमा लागेर बाहिरिँदा असफल भयो।

मध्यभागबाट बल लिएरअगाडि बढेका मोहमेद बुया टुरेले पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहार बारमा लागेर बाहिरिएको हो। २७औं मिनेटमा नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकरसमेत रहेका जिलेस्पीजंग कार्कीको प्रहार आकासिँदा काठमाडौंले अर्को अवसर गुमाउन पुग्यो। 

अमान्डो डियोपले कट ब्याकमा दिएको पासमा उनको प्रहार सफल भएन। पहिलो हाफमा खासै राम्रा अवसर बन्न सकेन। झापाको भने कुनै पनि आक्रमण सफल देखिएन। दोस्रो हाफको सुरुमा नै झापाले उत्कृष्ट अवसर बुन्यो।  ४६औँ मिनेटमा झापका आर्सिक लाजेको आक्रमण पनि सफल भएन।

१८ यार्डबाट उनले गरेका सशक्त प्रहार काठमाडौंका गोलकिपर अभिशेक बरालले पन्च गर्दै बाहिर पठाए। काठमाडौंका डियोपले ६६औं मिनेटमा वान टचमार्पm गोल गर्ने सुन्दर अवसर खेर फाले। लेफ्ट साइडबाट जिलेस्पीले दिएको क्रसलाई पेनाल्टी बक्समा अनमार्क डियोपले भेट्टाउन नै सकेनन्। 

७०औँ मिनेटमा झापाका अलहाजी गेरोले पनि अवसर गुमाए। करिब २५ यार्डबाट ड्रिब्लिङ गर्दै उनले पेनाल्टी बक्सबाट गरेको प्रहार पोस्टको दिशामा रहन सकेन। झापाका अर्सिकले ८३औँ मिनेटमा गरेको फ्रिकिक दोस्रो बारनजिकैबाट बाहिरिन पुग्यो। 

चार मिनेटपछि नै उनको अर्को आक्रमणलाई काठमाडौँका गोलकिपर अभिशेकलाई खासै चुनौती भएन।

८०औंँमिनेटमा एरोन थापाको उत्कृष्ट सट पनि बारमा लागेर फर्किंदा झापाले अग्रता लिने अवसर गुमायो। राइट साइडबाट आरोनले ड्रिब्लिङ गर्दै नजिकैबाट गरेको प्रहार बारमा लागेको हो। 

खेलको अन्तिम समयमा लाकेन लिम्बूले गरेको लामो दूरीबाट गरेको प्रयास पनि सफल हुन सकेन। यससँगै खेल बराबरीमा नै सकियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad