सिमोस सुनुवारको निर्देशित फिल्म ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो।
गीतमा संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको छ। गीतको भिडिओमा कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन्। गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई पनि सप्राइजको रुपमा देखाइएको छ।
आगामी जेठ ९ गतेबाट सिनेमा देशभरका सिनेमा घरमा रिलिज हुनेछ। यसअघि सिनेमाको फर्स्लुक सार्वजनिक गर्दै जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब जेठ ९ गतेबाट प्रदर्शनमा आउने जानकारी सिनेमाको गीत रिलिज कार्यक्रममा गराइयो।
निर्माण सन्तोष गौतमले सिनेमाका मुख्य अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको सिनेमा ‘भाईरल गोर्खे’ अर्को हप्ता नै प्रदर्शन आउने भएकाले टाइम ग्यापको लागि दुई हप्ता प्रि(पोण्ड गरिएको बताए। आफु र आफ्नो टिमले जन्ते बाख्रो निर्माणमा निकै मेहनत गरेकाले दर्शकले सिनेमा रुचाउनेमा आशावादी रहेको उनको भनाई यो। आफु जन्ते बाख्रोको नेपाल र विदेश रिलिज एकै पटक गर्ने तयारीमा रहेको पनि खुलाए।
सिनेमाका निर्देशक सिमोस सुनुवारले पनि आफ्ना अघिल्ला सिनेमाको गल्ती कमजोरी ‘जन्ते बाख्रो’मा सुधार गर्दै दर्शकमाझ एउटा राम्रो सिनेमा पस्किने तयारी गरेको बताए।
यता सिनेमाकी मुख्य अभिनेत्री गरिमा शर्माले आफू पहिलो पटक सिनेमा मुख्य भूमिकामा देखिएकाले स्टेज चढ्दा डर लागेको बताइन्। सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन्।
सिनेमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन ९ट्राइडेन्ट कन्सेप्ट टिम० को पोस्टर डिजाइन रहेको छ। टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।
भिडिओ :
Shares

प्रतिक्रिया