कला


‘न्यु इयर इभ’मा जर्मन होम्समा गुन्जिँदै राम कृष्ण ढकाल एन्ड ब्याान्ड

‘न्यु इयर इभ’मा जर्मन होम्समा गुन्जिँदै राम कृष्ण ढकाल एन्ड ब्याान्ड

नेपालखबर
चैत २१, २०८१ बिहिबार ७:५०, काठमाडौँ

नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ। 

चर्चिथ गायक राम कृष्ण ढकाल एन्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’नाम दिइएको छ। कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने छ। 

चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम राति १२ बजेसम्म चल्नेछ। कार्यक्रमलाई होस्ट रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन्। जहाँ साङ्गीतिक कार्यक्रमको साथसाथै कमेडी, साल्सा नृत्य र डीजे सेसन पनि रहने छ। 

न्यु जर्मन आर्किटेक्चरमा बनेको भव्य हल उद्घाटन समेत रहेको उक्त कार्यक्रममा करिब १५ सय देखि २ हजार दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ। कार्यक्रममा सहभागी हुने मध्यबाट एक जनाले थाइल्यान्ड ट्रिपको पुरस्कार प्राप्त गर्न सक्नेछन् भने अन्य विशेष उपहारहरू पनि रहेका छन्।  

जर्मन होम्समा आयोजना हुने यो विशेष कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारीहरू तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ।

२०८१ साललाई धन्यवाद भन्दै नयाँ ऊर्जाका साथ २०८२ साललाई स्वागत गर्नको लागी भव्य कार्यक्रमको आयोजना गरेको जर्मन होम्स होटेल ७ इभेन्ट भेन्युका सञ्चालक एवम् कार्यकारी निर्देशक राजन कार्कीले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad