कला


सकियो हसनको मुख्य भूमिका रहेको फिल्म ‘वन अफ द मिलियन्स’ को सुटिङ

सकियो हसनको मुख्य भूमिका रहेको फिल्म ‘वन अफ द मिलियन्स’ को सुटिङ

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १२:४५, काठमाडौँ

फिल्म ‘अलबिदा’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता हसनराजा खान अभिनित फिल्म ‘वन अफ दि मिलियन्स’को छायांकन सकिएको छ।

अमेरिकामा ११ दिन लगाएर फिल्मको छायांकन गरिएको नायक खानले जानकारी दिए। यो फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्।

एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथालाई यो फिल्मले भन्छ। अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा यो फिल्म बनेको निर्माणपक्षले जनाएको छ। 

यो फिल्ममा हसनको साथमा कलाकार सुवास थापाको पनि मुख्य भूमिका छ। यो फिल्म रामेश्वर कार्कीले खिचेका हुन्। 

यो फिल्ममा हसन र सुवासको साथमा अन्य २० जना अमेरिकामा नै रहेका कलाकारले अभिनय गरेका छन्।

सन् २००९ मा काठमाडौंमा आयोजित ‘मिस्टर क्यापिटल’ जितेका हसनले ‘अलबिदा’पछि ‘रोमियो’ नामक फिल्ममा अभिनय गरेका थिए। यो फिल्मबाट पनि आफूलाई दर्शकहरुले अझै बढी साथ दिने हसनको विश्वास छ।

हसनले सन् २०१५ मा कतारको राजधानी दोहामा आयोजित ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट नव–नायकको अवार्ड जितेका थिए भने उनी न्यूयोर्कमा आयोजित ‘ग्लोबल फिल्म अवार्ड’मा पनि सहभागी हुँदै फिल्म ‘डिपार्चर’ निर्माणको घोषणा गरेका थिए। फिल्म ‘वन अफ दि विलियन्स’लाई विभिन्न अन्तरराष्ट्रिय महोत्सवमा रिलिज गरिने र त्यसपछि नेपालमा रिलिज गरिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad