कला


फिल्मका दर्शक भेट्न ५ दिनका लागि स्वदेश आइन् एन्जिला

फिल्मका दर्शक भेट्न ५ दिनका लागि स्वदेश आइन् एन्जिला

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १२:१९, काठमाडौँ

फागुन २९ देखि देशभर प्रदर्शनरत बायोपिक फिल्म ‘अञ्जिला’ बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ।

यसैबीच फिल्मकी मुख्य पात्र नेपाली राष्ट्रिय महिला फुटबल क्लबकी कप्तान एन्जिला तुम्बापो सुब्बा नेपाल आइपुगेकी छन्।

उनी आफ्नो फिल्म प्रचारका लागि ग्रिसबाट शुक्रबार नेपाल आइपुगेकी हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सले एन्जिलालाई स्वागत गरे।

हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छन्। यही खेलकोका लागि उनी केही महिनायता ग्रिसमा थिइन्। प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन्।

यस चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन्। 

बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गरेको यस चलचित्रले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यो चलचित्रलाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ।

करिब पाँच दिन नेपाल रहँदा उनी काठमाडौँदेखि मोफसलका हलसम्म पुगेर दर्शकलाई भेट्नेछिन्।

शुक्रबार काठमाडौँ, कीर्तिपुर र ललितपुरका हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने तालिका छ।

त्यसपछि पोखरा, नेपालगन्ज, विर्तामोड, धरान, इटहरी, चितवन र दाङ पुगेर दर्शकहरु भेट्ने निर्माण टिमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad