कला


प्रकाश सपुतको फिल्म ‘वसन्त’को ट्रेलरमा के छ?

प्रकाश सपुतको फिल्म ‘वसन्त’को ट्रेलरमा के छ?

नेपालखबर
चैत १०, २०८१ आइतबार १२:३७, काठमाडौँ

चैत २२ गतेबाट प्रदर्शन हुने फिल्म ‘वसन्त’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा जात व्यवस्थादेखि अन्तरजातीय प्रेमसम्बन्ध र सामाजिक अन्तरविरोधको कथालाई समेटिएको छ। 

वि।सं २०६२र६३ को परिवेशबाट ट्रेलर सुरू भएको छ। बिजुलीबत्तीदेखि बाटो आए पनि बुवा नआएको प्रसंगलाई कोट्याएको छ। शसस्त्र युद्धले पारेको असरसहित वर्ण व्यवस्थाले निलेको समाज वरिपरि ट्रेलर घुमेको छ। 

यस फिल्ममा मुख्य कलाकार प्रकाश सपुत (वसन्त विक) र स्वस्तिमा खड्का (शान्ति शर्मा) को भूमिकामा देखिएका छन्। दुबैलाई न्तरजातीय प्रेमसम्बन्धको टेकोमा  जातको हिनताबोधदेखि समाज भर्सेस समाजलाई देखाउन खोजिएको छ। 

ट्रेलरको एक दृश्यमा प्रहरी अधिकारी रहेका अनुप बराल भन्छन्, ‘मान्छे कानुनसँग डराउँदैनन्, तर अन्धविश्वाससँग डराउँछ। अन्धविश्वास कानुनभन्दा माथि छ।’ 

त्यसपछि प्रकाश ठाडै सोध्छन्, ‘सर, मान्छेको जीवनभन्दा पनि माथि?’ 

यस दृश्यले समाजमा जात व्यवस्थाले सिर्जना गरेको तितो यथार्थप्रति कटाक्ष गरेको छ। योसहित अन्य शक्तिशाली संवादले ट्रेलरलाई मार्मिक बनाएको छ। 

त्यस्तै, स्वस्तिमा फिल्ममा जातीय विद्रोहका लागि छापामारको भूमिकामा छिन्। 

प्रकाश सपुतको डेब्यु निर्देशकीय रहेको यस फिल्ममा मोहन विश्वकर्मा र विन्दु बोहराको लगानी छ। गलबन्दी प्रोडक्सन ब्यानरमा बनेको फिल्ममा सपुतकै लेखन र संगीत रहेको छ। 

यस फिल्ममा प्रकाश, स्वस्तिमा र अनुपसहित माओत्से गुरुङ, प्रभात पाल, खड्गबहादुर पुन लगायतको अभिनय छ।
 
शनिबार साँझ सार्वजनिक ट्रेलरको यतिखेर चर्चा समेत भइरहेको छ। हालसम्म २ लाख ३७ हजार भ्युज पाइसकेको फिल्मको ट्रेलर युट्युवको मुभिज सेक्सनको ट्रेन्डिङ नम्बर ३ मा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad