पछिल्ला केही दिनदेखि बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता सम्बन्ध विच्छेद हुन लागेको खबरले चर्चामा छन्।
तर गोविन्दाका वकिलले सुनिताले ६ महिनाअघि सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएको भए पनि अहिले दुई जनाबीच मेलमिलाप भएको बताएका थिए।
यसैबीच अहिले गोविन्दा र सुनिताको एउटा पुरानो भिडिओ भाइरल भइरहेको छ। जसमा उनीहरू आपसमा चुम्बन गरिरहेको देखिन्छ।
सार्वजनिक भिडिओ गोविन्दाको जन्मदिनको हो। उनले आफ्नो जन्मदिनमा आफ्ना छोराछोरी र श्रीमतीको उपस्थितिमा केक काटे। केक काटेपछि गोविन्दा र सुनिता एकअर्कालाई केक खुवाउँदै गरेको देखिन्छ। लगत्तै सुनिताले गोविन्दलाई चुम्बन गर्छिन्।
भिडिओ-
— Sneha Biswas (@Realsnehabiswas) March 4, 2025Govinda, Sunita and family pic.twitter.com/JZqIqywndK
1.7k
Shares

प्रतिक्रिया