कलाकार सविन श्रेष्ठले नयाँ वेब सिरिज ‘ए घरबेटी बा’ ल्याउने भएका छन्। कमेडी जनरामा बनेको यस सिरिजको ट्रेलर सार्वजनिक भएको छ।
अनु शाहको निर्माण रहेको सिरिजमा दिनेश खड्काको कथा र निर्देशन छ। यस सिरिजमा सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिदैछन्।
काठमाण्डौं शहरमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको छ। सिरिजमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ईकु लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ। नयाँ जनराको वेव सिरिजको लागि उत्साहित रहेको श्रेष्ठ बताउँछन्।
उनले भने,‘मैले काम गरेका फिल्म अक्सर एक्सन जनराका छन् तर कमेडी जनराको वेवसिरिज लिएर आएका छौं। बाहिरबाट आएका युवायुवतिहरुले काठमाण्डौं शहरमा गर्नुपर्ने संघर्षको कथालाई कमेडी शैलीमा भन्न खोजेका छौं। जसले दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिनेछ।’
यो वेव सिरिज सविन श्रेष्ठ युटुव अकाउन्डमार्फत प्रसारण हुनेछ।
(भिडिओ)
Shares

प्रतिक्रिया