पुराना अभिनेता उत्तम प्रधान नेपाल आएका छन्। भोलिबाट छायांकन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि प्रधान भारतबाट नेपाल आइपुगेका छन्। उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे।
प्रस्तुतकर्ता नेपालीका अनुसार, फिल्मको छायांकन अवधीभर नै उत्तम नेपालमा रहनेछन्।
यस फिल्ममा उत्तम मुख्य भूमिकामा छन्। उनी ३५ दिनसम्म नेपालमा रहनेछन्।
उत्तम एक दशक भन्दा लामो समयपछि नेपाली फिल्ममा फर्किन लागेका हुन्। यो बिचमा उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको भोलिबाट काठमाडौंमा छायांकन सुरु हुनेछ। लक्ष्मण सुनारको कथा तथा निर्देशन रहेको फिल्ममा हिमाल कडरिया र अमला देबी राई फिल्मका निर्माता हुन्। महेश दवाडीको लेखन रहेको यो फिलममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन्।
यस फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ।
निसाल पौडेलको छायांकन रहने यो फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्।
Shares

प्रतिक्रिया