बलिउड अभिनेता सलमान खान यतिबेला आफ्नो आगामी फिल्म सिकन्दरको छायांकनमा व्यस्त छन्। यस फिल्ममा उनी रश्मिका मन्डानासँग देखिनेछन्।
तर, व्यस्तताका बाबजुद सलमानले भ्यालेन्टाइन्स डेका अवसरमा एउटा विशेष तस्बिर सार्वजनिक गरेर फ्यानहरूको मन जितेका छन्।
सलमानले इन्स्टाग्राममार्फत आफ्ना फ्यानहरूलाई विशेष तरिकाले भ्यालेन्टाइन्स डेको शुभकामना दिएका छन्।
उनले फेब्रुअरी १४ मा एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनको परिवारका सबै सदस्य छन्।
उनले लेखेका छन्, ‘अग्निहोत्रियन्स, शर्मानयन्स र खाननियन्सका तर्फबाट सबैलाई ह्याप्पी फैमिलिटाइन्स डे।’
उनको पोस्टमा फ्यानहरूले प्रशंसा गरिरहेका छन्।
1.0k
Shares

प्रतिक्रिया