यसवर्षको बहुप्रतिक्षित फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई अटाएका छन्।
वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुरू हुन्छ। विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ। गरिबी र बरोजगारी नागरिकको दुःख यो चलचित्रले भन्ने टिजरले संकेत गरेको छ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ।
यस फिल्ममा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’ कमलमणि नेपाल (खुपीका बाउ) लगायतको अभिनय छ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्। सुदीप बरालले खिचेको फिल्म फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ को निर्देशन रहेको छ। यो फिल्म फागुन १४ गते महाशिवरात्रिको अवसरमा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया