कला


सैफलाई चक्कु आक्रमणः मिलेन अभियुक्तको ‘फिङ्गरप्रिन्ट’

सैफलाई चक्कु आक्रमणः मिलेन अभियुक्तको ‘फिङ्गरप्रिन्ट’

उपचारपछि पत्नी करिनाका साथ सैफ


नेपालखबर
माघ १३, २०८१ आइतबार २१:३६, काठमाडौँ

बलिउड अभिनेता सैफ अली खानलाई चक्कु आक्रमण गरेको आरोप लागेका शरिफुल इस्लामको औँठाछाप (फिङ्गरप्रिन्ट) सैफको घरबाट लिइएका नमुनासँग मेल खाएन।

यही जनवरी १५ राति सैफलाई घरभित्रै कसैले चक्कुले हानेर गम्भीर घाइते बनाएको थियो। घटनामा संलग्न आरोपमा शरिफुल इस्लामलाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेकाे छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार घटना अनुसन्धानका क्रममा मुम्बई प्रहरीले जनवरी २२ मा अभियुक्तको औँठाछाप र अन्य नमुना जाँचका लागि सीआईडी  प्रयोगशालामा पठाएको थियो। 

त्यसो त शरिफुलका बुवाले पनि सैफलाई आक्रमण गर्ने व्यक्ति आफ्नो छोरा नभएको दाबी गरेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad