कला


‘कुस्ती’बाट दिकिला शेर्पाले डेब्यु गर्ने पक्का

‘कुस्ती’बाट दिकिला शेर्पाले डेब्यु गर्ने पक्का

नेपालखबर
माघ ९, २०८१ बुधबार १४:४, काठमाडौँ

एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चर्चामा आएकी दिकिला शेर्पाले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ। कलाकार बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ मा अभिनेत्री शेर्पा अनुबन्ध भएकी हुन्।


उनले फिल्मको निर्माण टिमसँग सम्झौता गर्दै वर्कसप सुरु गरिसकेकी छिन्। फिल्ममा उनको भूमिका महत्त्वपूर्ण हुने निर्देशक तथा लेखक अनिल योञ्जनले जानकारी दिए।यो फिल्म आउँदो फागुनको पहिलो सातादेखि फ्लोरमा जानेछ।

निर्देशक योञ्जनले आउँदो वर्ष विसं २०८२ को भदौमा दर्शकले दिकिलालाई पर्दामा हेर्न पाउने जानकारी दिए। उनले म्युजिक भिडिओमा देखेपछि दिकिलासँग फिल्मबारे परामर्श गरेका थिए। 


दिकिलाले भारतबाट नेपाल आएर फिल्मको पात्रका लागि ‘स्क्रिन टेस्ट’ दिएर छनोट भएको निर्देशक योञ्जनले जानकारी दिए। डेब्यू गर्ल दिकिलाले वर्कसपले आफूमा छुटै उत्साह थपेको बताइन्।

उनले भनिन्, ‘यो मेरो पहिलो फिल्म भएकाले निकै उत्साहित छु। मलाई सुहाउँदो भूमिका, मैले मन पराउने सिनियर कलाकार, भद्र र शालिन टीमले मलाई अभिनेत्री बन्न प्रेरित गर्‍यो। म आफूले धेरै मेहनत गरेर सक्दो बेस्ट दिने कोसिस गर्नेछु। मैले पाएको मायालाई बढाउने काम फिल्ममा गर्नेछु।’


अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा आधारित रहेको निर्देशक योञ्जनले बताए। यसमा धिरज मगर र मिरुना मगर पहिलोपटक स्क्रिन जोडी बनेर प्रस्तुत हुँदैछन्। फिल्मलाई काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ।

उनी यसअघि माइतीघरमा पनि अनुबन्धित भइसकेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad