झण्डै ७ वर्षअघि सार्वजनिक ‘बोलमाया’ बोलको गीतबाट गायक प्रकाश सपुत एकाएक चर्चामा आए।
नयाँ स्वादको लोकदोहोरी गीत ल्याएका उनी यसै गीतबाट सांगीतिक क्षेत्रमा स्थापित भए। प्रकाश मात्रै होइन, यसै गीतबाट गायिका शान्तिश्री परियार र मोडल अञ्जली अधिकारी चर्चामा आइन्।
‘बोलमाया’ हिट भएपछि प्रकाशसहित शान्ति र अञ्जलीलाई कहिल्यै पछाडि फर्किएर हेर्न परेन।
‘बोलमाया’पछि यी तीन जनाले ‘गलबन्दी’मा पनि सहकार्य गरे। जुन गीतले पनि सर्वाधिक चर्चा पाएको थियो। अन्य गीतमा पनि उनीहरूले एकसाथ काम गरे।
अहिले प्रकाशले आफ्नो फिल्म ‘वसन्त’ पनि शान्ति श्री परियार र अञ्जली अधिकारीलाई जोडेका छन्।
एक भिडिओबाट उनीहरूले ‘वसन्त’ अभिनय गरेको प्रस्ट हुन्छ।
यस फिल्मकै कलाकार खडकबहादुर पुन (खबपु) टिकटकमा भिडिओ पोस्ट गरेका छन्। जसमा ‘वसन्त’को दोहोरी साँझको दृश्य छ।
‘गलबन्दी’ लेखिएको भिडिओमा प्रकाशसहित शान्तिश्री र अञ्जलीलाई पनि देख्न सकिन्छ।
अहिले चर्चामा रहेको वसन्तको गीत ‘साँझ पर्यो झमक्क’मा शान्तिको पनि स्वर छ।
प्रकाशकै डेब्यु निर्देशन रहेको यस फिल्ममा प्रकाशसहित स्वस्तिमा खड्काको मुख्य भूमिका छ। यो फिल्म आगामी चैत २२ गते रिलिज हुँदै छ।
@khabapucomedy Basanta movie #basantamoviesong #khabapucomey #foryoupage #foryou ♬ original sound - 𝑴𝒂𝒏 𝐆𝐜✅
Shares

प्रतिक्रिया