कला


सैफ अली खानमाथि चक्कु हान्नेलाई ५ दिनका लागि पठाइयो हिरासत

सैफ अली खानमाथि चक्कु हान्नेलाई ५ दिनका लागि पठाइयो हिरासत

फाइल तस्बिर: सैफ अली खान


नेपालखबर
माघ ६, २०८१ आइतबार २१:२८, काठमाडौँ

अभिनेता सैफ अली खानमाथि भएको चक्कु आक्रमणको आरोपमा पक्राउ परेका मोहम्मद शरिफुल इस्लाम शहजादलाई जनवरी २४ सम्मका लागि हिरासतमा पठाइएको छ।

अभियुक्त मोहम्मद शरिफुल इस्लाम शहजादका वकिल सन्दीप शेखानेले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘उनलाई पाँच दिनका लागि प्रहरी हिरासतमा राखिएको छ र यी पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।’

आरोपित इस्लाम शहजादका वकिलका अनुसार उनी बंगलादेशी हुन् र ६ महिनाअघि भारत आएका थिए भन्ने कुनै प्रमाण छैन, यो गलत बयान हो।

उनले भने, ‘उनी सात वर्षभन्दा बढी समयदेखि यहाँ बस्दै आएका थिए। दबाबका कारण परिवारका सदस्यहरू यहाँ आउन सकेका छैनन्, जमानतको समयमा आउनेछन्।’

उनले थपे, ‘यो ४३ए को स्पष्ट उल्लंघन हो। कुनै उचित अनुसन्धान गरिएको छैन।’

बिहीबार बिहान सैफ अली खानमाथि बान्द्रास्थित आफ्नै निवासमा धेरैपटक चक्कु प्रहार गरिएको थियो।

यसपछि उनलाई घाइते अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad