कला


अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, अस्पताल भर्ना

अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, अस्पताल भर्ना

फाइल तस्बिर: अभिनेता सैफ अली खान


नेपालखबर
माघ ३, २०८१ बिहिबार १०:४६, काठमाडौँ

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु आक्रमण भएपछि उनको अवस्थाबारे लीलावती अस्पतालले जानकारी दिएको छ।

अभिनेत्री तथा सैफ अली खानकी श्रीमती करीना कपुरको पीआर एजेन्सीले पनि यस विषयमा विज्ञप्ति जारी गरेको छ।

लीलावती अस्पतालका सीओओ डा. नीरज उत्तमनीले भने, ‘सैफमाथि बान्द्रास्थित उनको घरमा एक अज्ञात व्यक्तिले आक्रमण गरेको थियो। उनलाई बुधबार दिउँसो ३:३० बजेतिर लीलावती अस्पताल ल्याइएको थियो।’

‘उहाँलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरा छन्। एउटा घाउ मेरुदण्डनजिकै छ। उहाँको शल्यक्रिया भइरहेको छ। शल्यक्रियापछि मात्र चोटको गहिराइ पत्ता लगाउन सकिन्छ।’

करीना कपूरको पीआर एजेन्सीले पनि हिजो राति उनको र सैफको घरमा चोरीको प्रयास भएको जानकारी दिएको छ। सैफको हातमा चोट लागेको छ र उनी अस्पतालमा छन्। परिवारका बाँकी सदस्य भने सकुशल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad