कला


चैत ७ देखि हुने ‘निफ’ मा ४० देशका ८७ प्रदर्शन गरिने

चैत ७ देखि हुने ‘निफ’ मा ४० देशका ८७ प्रदर्शन गरिने

नेपालखबर
माघ २, २०८१ बुधबार २०:३८, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौं संस्करण हुने भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यो महोत्सव चैत ७ देखि ११ गतेसम्म हुन लागेको हो।

महोत्सवमा ७० देशबाट प्राप्त ६०० भन्दा धेरै फिल्महरु आएको आयोजक टिमले जनाएको छ। जसबाट यसपटकको निफमा ४० देशका ८७ वटा चलचित्रहरू छानिएको विज्ञप्तिमा उल्लेख छ।  

छनोटमा परेका थुप्रै चलचित्रहरु बुसान, कान्स, लोकार्नो, बर्लिनालजस्ता प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन्।

नेपाली पानोरमातर्फ चारवटा फिचर फिल्म छनोट भएका छन्। जसमा ‘क्रलिङ क्रोज’, ‘पूजार सार्की’, ‘भूठान’ र ‘सतीदेवी’ परेका छन्। अंगेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ राखिएको हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो फिल्म हलभन्दा पहिल्यै स्क्रिनिङ हुँदैछ। नेपाली हलमा वैशाख १२ गतेबाट यो फिल्म रिलिज हुने कुरा छ।  

फिल्म प्रदर्शनीसँगै समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूको रोचक र अर्थपूर्ण छलफलका सत्रका साथै विभिन्न मास्टर क्लास र कार्यशालाहरु पनि सञ्चालन हुने बताइएको छ।

फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले बर्गिकरण गरेर फिचर र लघु चलचित्रसहित वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ।

प्रविधिमा आएको विकासलाई आत्मासात गर्दै र दर्शकहरुलाई नयाँ स्वाद दिनको लागि यो बर्षबाट ए आई  प्रविधिबाट वा सो सम्बन्धी बिषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको छ।

यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्रहरू क्यूएफएक्स सिनेमाजका सिभिल मल र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्। साथै पर्यटन बोर्डको हल र रस्ट्रिय सभागृहमा विभिन्न किसिमका बहस र संवादहरू सञ्चालन गरिने छ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकि डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। त्यसैगरि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’ को तर्फबाट पनि अवार्ड दिइनेछ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ छ। एआईबाट बनाएको चलचित्रलाई ५०० अमेरिकि डलर राशिको मन्जुश्री अवार्ड प्रदान गरिने छ।

यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०/५० हजार नगद र ट्रफी प्रदान गरिनेछ। त्यसैगरि, सर्ट फिल्म मध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ।

रास्ट्रिय फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी द्वारा सम्मानित गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad