कला


‘महाराजधिराज’मा मुख्य भूमिकामा पल शाह, दसैँमा रिलिज मिति घोषणा

‘महाराजधिराज’मा मुख्य भूमिकामा पल शाह, दसैँमा रिलिज मिति घोषणा

नेपालखबर
माघ १, २०८१ मंगलबार १२:५३, काठमाडौँ

माघे संक्रान्तिको अवसरमा फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक फस्टलुकले दर्शकमाझ उत्सुकता जगाएको छ।

पोस्टरमा दुईवटा पात्र देखिएका छन्। एकजना राजर्षी पहिरनमा रहेको देखिन्छन् भने अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ। राजर्षी पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको संकेत गर्दछ। उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन् । विशेष कुरा के छ भने, यी दुवै पात्र पल शाहले निर्वाह गरेका छन्।

यो फस्टलुकले समस्या आफैँमा रहेको झल्को देखिन्छ। ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ लेखिएको स्लोगनले व्यक्ति स्वयंमा समस्या रहेको संकेत गर्छ। राजा होस् वा नागरिक समस्या हरेक व्यक्तिमा छ भन्ने यो स्लोगन र पोस्टरले बताउँछ। यद्धपी बाँकी सामग्री फिल्मको ट्रेलर सार्वजनिक गरिने बताइएको छ। 

छत्रेश्वरी म्यानेजमेन्ट प्रा।लि।को प्रस्तुति रहेको फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका हुन्। विराज बिष्ट प्रस्तुतकर्ता रहेको फिल्मको कथा निर्देशक परिच्छेदले लेखेका छन्। 

बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए।

चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन्। यो चलचित्र दसैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad