इन्टरनेट मुभी डेटा बेस (आईएमडीबी) ले सन् २०२४ मा लोकप्रिय फिल्महरुको सूची सार्वजनिक गरेको छ। जसमा सर्वाधिक कमाइ गर्ने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ वर्षकै लोकप्रिय नेपाली फिल्म घोषित भएको छ।
आइएमडीबीले कूल पेज भिजिटर र रेटिङको आधारमा यो सूचि तयार पार्ने गर्छ। जसअनुसार सन् २०२४ मा प्राप्त पेज भिजिटरले दिएको रेटिङअनुसार १० मा ८.६ पाउँदै ‘पूर्ण बहादुरको सारङ्गी’ शीर्ष स्थानमा छ।
घरेलु बक्सअफिसमा ५० करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ। नेपालसहित ३८ हलहरूमा ५१ दिन मनाएको यो फिल्म हाल केही हलहरुमा प्रदर्शनरत छ।
दोस्रो ७.१ रेडिङ पाउँदै मीन भामको फिल्म ‘शाम्बाला’ दोस्रो स्थानमा छ। र, निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ तेस्रो स्थानमा छ। त्यसैगरि, ‘१२ गाउँ’ चौथो स्थानमा हुँदा केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ पाँचौं नम्बरमा छ।
‘खुस्मा’ छैंटो, ‘छक्का पञ्जा ४’ सातौं, ‘पूजा, सर’ आठौं ‘घरज्वाइँ’ नवौं र ‘पुजार सार्की’ आइएमडीबीको दशौं स्थानमा छ।
त्यस्तै, हलिउडमा ‘डेडपुल एण्ड वुल्भरिन’ ले सबैभन्दा लोकप्रिय चलचित्र बनेको छ। बलिउडमा प्रभास स्टारर ‘कल्की २८९८ एडी’ पहिलो र श्रद्धा कपुर अभिनीत ‘स्त्री २’ दोस्रो नम्बरमा छन्।
Shares

प्रतिक्रिया