कला


‘पुष्पा २’ को आक्रामक कमाइ, तोड्ला त आमिरको फिल्म ‘दंगल’ को रेकर्ड ?

‘पुष्पा २’ को आक्रामक कमाइ, तोड्ला त आमिरको फिल्म ‘दंगल’ को रेकर्ड ?

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०८१ बिहिबार १३:४२, काठमाडौँ

विवादमा परे पनि दक्षिण भारतीय फिल्म पुष्पा २’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। यस फिल्मले विश्वभरिबाट १६५०.९४ करोड भारतीय रुपियाँ कमाइ गरेको छ। 

घरेलु बक्सअफिसमा ११ सय करोड कमाएको यो फिल्म विश्वभर पनि निकै रुचाइएको छ। उत्तर अमेरिकामा यस फिल्मले धेरै कमाई गरिरहेको छ। २१ दिनको कमाईपछि यो फिल्मले आमिर खानको करियरकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड तोड्नै आँटेको छ।

क्रिसमसको बिदामा ‘पुष्पा २’ लाई निकै फाइदा पुगेको छ। साउथका ट्रेड एनालिस्ट मनोबाला विजयबालनले यस फिल्मले २१ औं दिन अर्थात बुधबार विश्वभर करिब २५ करोड ६३ लाख रुपैयाँ कमाएको बताए। फिल्मको कुल विश्वव्यापी कमाइ १६५०.९४ करोड पुगेको छ। 

अल्लु अर्जुनसहित रश्मिका मन्दनाको मुख्य भूमिका रहेको यो फिल्म डिसेम्बर ५ बाट रिलिज भएको थियो। जसले विश्वभर २८२.९१ करोड भारुको ओपनिङ गरेको थियो। 

१०० करोड क्लबमा प्रवेश गर्ने पहिलो भारतीय अभिनेता आमिर खान हुन्। उनको फिल्म ‘गजनी’ ले यो कीर्तिमान आफ्नो नाममा लेखेको थियो। त्यो कीर्तिमान धेरै फिल्महरूले तोडेका थिए, किनभने फिल्महरूले भारतीय बक्स अफिसमा १०० करोडभन्दा बढी कलेक्सन गरेका थिए। 

तर, आमिर खानको नाममा अझै पनि एउटा कीर्तिमान छ, जसलाई न बाहुबली न त आरआरआरले तोड्न सके। तर ‘पुष्पा २’ ले आमिर खानको रेकर्ड तोड्ने देखिन्छ। 

वास्तवमा, सन् २०१८ मा रिलिज भएको आमिरको फिल्म ‘दंगल’ विश्वभर सबैभन्दा धेरै कमाउने बलिउड फिल्म हो। यस फिल्मले विश्वभर २ हजार करोडको व्यापार गरेको थियो। यो कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन। तर जसरी ‘पुष्पा २’ चलिरहेको छ, त्यो हेर्दा ‘दंगल’ को रेकर्डलाई ‘पुष्पा २’ ले तोडेर कीर्तिमान रच्ने देखिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad