थाहा कला केन्द्रको आयोजनामा ‘थाहा फिल्म फेस्टिभल २०२५’ आयोजना हुने भएको छ। मकवानपुरको थाहा नगरपालिकामा पुष २६ गतेबाट सुरू हुने महोत्सव तीनदिनसम्म चल्नेछ।
आयोजकले महोत्सवको मिति सार्वजनिक गर्दै प्रतिस्पर्धाको लागि चलचित्रहरुको माग गरेको छ। जसमा फिचर फिल्मसहित डकुमेन्ट्री र सर्ट फिल्मको विधा रहेका छन्। इच्छुकले पुष २२ गतेसम्म फिल्महरु पठाउन सक्नेछन्।
आयोजक थाहा केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानका अनुसार महोत्सव नगरपालिका वडा नम्बर ६ बज्रबाराहीको सुमार्गी भवनमा हुनेछ। जहाँ विभिन्न विधाका २७ वटा चलचित्र प्रदर्शन गरिनेछन्। साथै कार्यक्रममा थाहानगरभित्र चलचित्र तथा म्युजिक भिडिओहरु छायांकन गरेका व्यक्ति तथा फिल्म हाउसहरुलाइ सम्मान गरिनेछ।
थाहा नगरपालिकालाई मिनी फिल्म सिटी बनाउने उदेश्यले हुन लागेको हो।
‘थाहा नगरलाइ मिनि फिल्म सिटिको रुपमा विकास गराउदै चलचित्र छायांकनको हब बनाउने हाम्रो उद्देश्य हो। जसका लागि हामीले अघिल्लो वर्षजस्तै योवर्षपनि फेस्टिभल आयोजना गर्दैछौँ,’ मोक्तानले भने‘, विशेषत थाहामा आफ्नो चलचित्र प्रदर्शनी गर्न आउनुहुने चलचित्रकर्मिहरुलाइ फिल्मको विषयवस्तु समेटिन सक्ने खालका क्षेत्रहरु अवलोकन गराउने छौँ। थाहानगर भ्रमणपछि आफ्नो विषय अनुकुलका चलचित्रहरु यहाँ छायांकन गर्नेछन भन्ने हाम्रो चाहना हो।’
फेस्टिभलको अघिल्लो सेसन पश्चात् थाहा नगरमा विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’, शोभित बस्नेतको ‘हामी छौँ’, प्रभाकर देव शर्माको टेलिचलचित्र ‘नलेखिएको कथा’, निर्देशक बाबू साहेब बलामिको ‘दिदी र बहिनी’, निर्देशक चित्र मास्की तथा गायक देवराज मगरको ‘मास्टर्नी’ बोलको म्युजिक भिडियो लगायत दर्जनौ सामाग्रीहरु छायांकन भएको भइसकेका छन्।
Shares

प्रतिक्रिया